३१ जेष्ठ,कोहलपुर/ बाँके प्रहरीले चोरी मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा, नेपालगन्ज उपमहानगरपालिका वडा नं.२३ बस्ने २२ वर्षिया छोटे भन्ने भगवान कुसबन्दिया रहेका छन । उनलाई प्रहरीले आज पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले कुसबन्दिया माथि चोरी मुद्दामा तिन महिना दश दिन कैद र दश हजार जरिवाना तोकेको थियो । त्यस पश्चत उनी फरार रहेका थिए ।
उनलाई आजै जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
तरुण संवाददाता । ३१ जेष्ठ २०७९, मंगलवार १६:०८