शुसासनका निमित्त वडा अध्यक्ष देखि मन्त्री सम्मको सम्पत्ती छानविन हुनुपर्ने कानुन न्यान तथा संसदिय व्यवस्था मन्त्री धनराज गूरुङ्गले बताउनु भएको छ ।
कृषि,उद्योग,पर्यटन र व्यापार सम्बृद्ध दैलेखको मूल आधार भन्ने मुल नारा सहित दैलेखमा आज देखि सुरु भएको कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सवको उत्घाटन समारोहलाई सम्वोधन गर्दैै मन्त्री गूरुङ्ले उत्त कुरा बताउनु भएको हो ।
शुभकामना सन्देश सम्वोधन गर्दे मन्त्री गुरुङगले भ्रष्टचारको जालो जोलिदै गएको भन्दै “सुशासनलाई कायम गर्न लागि सवै दलहरु खिचातानी छोडी दृढताको साथ निर्मुलै पार्न लाग्नु पर्ने बताउनु भयो । जसका लागि छानविन अनिवार्य भएको उहाँले बताउनु भयो । संगै “निष्ठाको राजनिति भए विकास निर्माण र संबृद्धि टाढा नभएको जिकिर गर्नुभयो ।
उद्यमीहरुको प्रादेशिक महोत्सव भएकाले पनि “उद्यम विकासको माध्यामबाटै देशलाई सम्बृद्ध गर्न सकिने तर नितिगत उल्झनहरुलाई हटाउन र वातावरणलाई सहज गर्न आवश्यक सहजिकरण नर्ग सरकार तयार रहेको समेत उहाँले बताउनु भयो ।
त्यस्तै महोत्सव मुल समारोहका संयोजक एवं दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर विकले “हरेक दिन सटरहरु बन्द संगै व्यवसायीहरु पलायन हुदै गएको सन्दर्भमा उत्साह जगाउने जिम्मेदारी सरकारकै भएकाले अविभावकत्व पुरा गरिदिनुपर्ने बताउनु भयो । साथै अस्ताउदै गएको अर्थतन्त्रलाई चलायमान गर्न दैलेख जिल्लाभर संचालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरु पेट्रोलियम पदार्थ उत्खन्,मध्यपहाडी राजमार्ग,नयाँ शहर,उत्तर दक्षिण देसिगाडे महावसडक आयोजना जस्ता जिल्लाकै कायाकल्प गर्न सक्ने आयोजनाका लागि आवश्यक बजेट र प्रभावकारी कार्यान्वयन्का लागि ७ बुँदे ध्यानाकर्षण समेत गराउनुभयो ।
कार्यक्रम दैलेख जिल्लाबाट राष्ट्रिय सभा सदस्य माननिय साबित्री मल्ल,संघिय माननिय अमर बहादुर थापा,दिकपाल कुमार शाही,सिता कुमारी राना, कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन,वन तथा वातावरण मन्त्रालयका माननिय मन्त्री कृष्ण कुमार बिसी,सामाजिक विकास समिती सभापती माननिय घनश्याम भण्डारी सहित,जिल्लाका पालिका प्रमुखहरु,नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र,प्रदेशका प्रतिनिधी हजार भन्दा बढि स्थानियहरुको उपस्थीती रहेको थियो ।
उत्घाटन समारोहमा स्थानिय कला सस्कृतिको संरक्षण तथा प्रवद्र्धनका हेतुले लहरे पैचरी,मयूर नाच,ढालतरबार नाच,लाखे,टाकटुके,मारुनीका झाँकी सहित दैलेख बजार परिक्रमा गरि स्थानिय खुल्ला मञ्च काँडाचौरमा प्रवेश गरेको थियो । महोत्सव फागुन १७ गते देखि २८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
तरुण संवाददाता । १७ फाल्गुन २०८०, बिहीबार २१:०९