नारायण नगरपालिका दैलेखमा कार्यरत कुचिकारलाई एक कार्यक्रम बिच सम्मान गरिएको छ ।
दैलेखको नारायण नगरपालिका स्थित देवकोटा चोकमा नगरको सरसफाई र स्वच्छताका लागि काम गर्दै आएका कुचिकार र सवारी चालकलाई सम्मान गरिएको हो ।
उमेरले ८० बर्ष पुग्नै लाग्नुभएकि नागरिक आन्दोलनकी अगुवा एवं समाजसेवी ईन्दिरा थापाले आप्mनो चार महिनाको प्राप्त १० हजार सामाजिक सुरक्षा भत्ताबाट सफाईमा खटिदै आएका ५ जना कुचिकार र २ जना सवारी चालकलाई सहित सम्मान गर्नुभएको हो ।
कामले सानो वा ठुलो कोहि पनि नहुने भन्दै सन्देश दिने हेतुले सम्मान गरेको बताउनु भयो । ठुला पदासिन व्यक्तिलाई मात्र सवैले हेर्ने तर हाम्रो दैनिकि संग जोडिएका पात्रहरुलाई कसैले नहेर्ने भएकाले कुचिकारलाईनै सम्मान गर्नुपर्छ भन्ने बुझाई रहेको जिकिर गर्नुभयो ।
सम्मान कार्यक्रममा सम्वोधन गर्दे थापाले भन्नुभयो “उहाँहरु हाम्रो स्वास्थ्य हो,उहाँहरुको कामले हामी सफा ठाँउमा छौ भन्ने अनुभूति भएको छ । ” साथै “ यस्तो काम गरिरहदा उत्साह नभएको हुन सक्छ, उत्साही बनाउने काम नगरबासीको हो,सरकारको हो” भन्नुभयो ।
बिगत ११ बर्ष देखि निरन्तर कुचिकारको रुपमा काम गर्दै आउनुभएका मान बहादुर सुनार भन्नुहुन्छ “हामी पनि कोही हाँै भन्ने हौसला मिलेको छ, यत्तिका बर्ष पछि कामले सम्मान पाएकोमा खुशी छौ ।”
बिगत २१ बर्ष देखि सवारी चालकको रुपमा काम गर्दै आउनुभएका पुस्कर थापाकाले भन्नुभयो “संगै काम सुरु गरेका तिन जनाको मृत्यु भईसक्यो । स्वास्थ्य समस्या संग ग्रस्थ भएर ज्यान गुमाएकाहरुले सम्मान मात्र हैन उपचार समेत राम्रो पाएनन् ।” अगाडी भन्नुभयो “ सरसफाई कर्मचारीको स्वास्थ्य बिमा संथै जीवन सुरक्षाको सवालमा सरकार जिम्मेवार बनोस ।”
त्यस्तै कार्यक्रममा प्रमख अतिथिको रुपमा सहभागि नगरप्रमुख लोमन शर्माले “ कार्य सर्हानिय भएकाले सिकाई भएको बताउनु भयो ।” “अग्रजले बाटो देखिईदिएको समेत आभार व्यक्त गर्नुभयो ।” हामी त्यसै बसेका छैनौ शार्माले अगाडी भन्नुभयो “स्थाई बनाउने देखि दिगो व्यवस्थापन,स्वास्थ्य सुरक्षा र स्रोत साधनको सम्वन्धमा कार्यबिधिनै बनाउने छौ । ”
दिनानुदिन बढ्दै गएको शहरीकरणको चपेटामा जनस्वास्थय जोखिममा परेको बेला नगरलाई स्वच्छ राख्न सरसफाई कर्मचारीलाई गरिएको सम्मानले ढाडस मिलेको सहभागिले प्रतिक्रिया दिएको थिए । यस्ता खाले सम्मान्ले काम प्रति थप जिम्मेवार बन्न प्रेरित गर्ने र उर्जा मिल्ने बिश्वास गरिएको छ । स्वच्छ र सरसफाई युक्त नगर बनाउनमा टेवा पुग्ने बिश्वास समेत गरिएको छ ।
नारायण नगरपालिका २०५३ सालमा स्थापना भएको हो । जिल्लाको सदरमुकाम समेत रहेकाले झण्डै ३० हजार जनसंख्याको रहेको छ ।
तरुण संवाददाता । १० फाल्गुन २०८०, बिहीबार १३:०१