अक्सर दुर्गमका महिलाहरुको पेवाको बाख्रापालन व्यवसायलाई लिन सकिन्छ । घरधन्दाको काम बाहेक प्राय महिलाहरुको आम्दानीको भरपर्दो स्रोत हो बाख्रापालन । दैलेख जिल्ला सर्वाधिक बाख्रा उत्पादन गर्ने जिल्लाको सूचिमा अग्र स्थानमा पर्दछ । अवसर र जोखिम पनि उत्तिकै व्यहोरेको बिगत छ । केहि बर्ष पहिले अज्ञात रोगका कारण सयौ संख्यामा बाख्रा र हज्जारौको संख्यामा कुखुराको नोक्सानी व्यहोर्नु प¥यो किसानले । यस्ता खाले बेलाबखतमा देखापर्ने महामारी नहोस भन्नका लागि रोग तथा संक्रमणबाट पशुधनको क्षतीलाई रोक्नका लागि नेपाल सरकारले राष्ट्रिय अभियानकै रुपमा खोप लगाउने कार्यक्रम थालिएको छ ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले राष्ट्रिय खोप अभियान थालेको हो । दुल्लु नगरपालिका १ वडा स्थित बाख्रामोड भन्ने स्थानमा दुल्लु नगरपालिका उपप्रमुख बिना कार्कीले खोप तथा खोपकार्ड हस्तान्तर गरि अभियानको थालनि गर्नुभयो ।
अभियानको थालनी गर्दे उपप्रमुख कार्कीले “ग्रामिण क्षेत्रमा महिलाहरुको पेवा हुन्छ बाख्रा,कुखुरा,भैसी,दुख बिराम परेको बेला सहारानै यहि हो,त्यसैले जोगाउने मात्र हैन व्यवसायि करण तर्फ पनि लग्नुपर्छ ।” उहाँले जिकिर गर्नुभयो ।
दैलेख जिल्लाको ११ वटै पालिकामा अडाईलाख बाख्राहरु रहेको कार्यालय संग जानकारी छ । जिल्लाबाट निर्यात हुने पशुधन मध्य खसिबाख्रा पनि मूख्य भएकाले अधिकाँस किसानहरुको आकर्षण बाख्रापालनमा देखिन्छ । बेलाबखतमा हुने महामारीबाट हुन सक्ने क्षतीलाई न्यूनिकरण गर्न खोप कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्नुपरेको कार्यालयको बताएको छ । प्रयाप्त मात्रामा खोप नभएपनि करिव आधा संख्या अर्थात एक लाख २५ हजार पिपिआर खोप (बाख्रा)कारिव ४०हजार रानीखेत (कुखुरा),करिव एक हजार स्वाइन फिवर खोप लगाउने लक्ष्य तय गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भिम बहादुर बिष्ट भन्नुहुन्छ “आवश्यकता अनुसार खोप नपाएपछि हामीले यो उपाय अपनाएको हौ,जहाँ बढि जोखिम हुन्छ त्यहि पहिलो प्राथमिकतामा राखेका छौँ । ” तसर्थ खोप अभियानले सडक सञ्जाल जोडिएका र आवतजावत हुने क्षेत्रका पकेटहरुलाई लक्षित गरिएको हो ।
विगत ३० बर्षदेखि व्यवसासयक रुपमा बाख्रापालन गर्दै आउनुभएका दुल्लु नगरपालिका–१ नाउले गाउँका टिकाराम खड्का संग अहिले ८० वटा भन्दा बढि बाख्रा छ । सवै बाख्रालाई बाख्रामोड स्थित खोप लगाउने स्थानमा ल्याउनुभएका थापा बर्षेनी तिन देखि पाँच लाख सम्म बाख्रैबाट आम्दानी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ “ठुलो लगानी ठुलो जोखिम हुन्छ,यसरी घरमै आएर सयौ बाख्रालाई खोप लगाईदिदा धन जोगिने भयो ।”
त्यस्तै,आप्mनो र छिमेकीको दर्जनौ बाख्राहरुलाई डोहो¥याउदै खोप लगाउन आईपुग्नु भएकी आइती कामीको पनि अनुभव छ । गतबर्ष केहि बाख्राहरु बिनाकारण म¥यो भने केहि बाघले खाएर खती भयो । “अव खोप लगाएपछि त्यत्तिकै नमर्ला भन्ने आश जागेको छ ।”आइती जस्तै दर्जनौ बाख्रापलनलाईनै मुख्य आम्दानीको स्रोत बनाएर परिवार चलाउदै आएकी रामकली बिक भन्नुहुन्छ “समस्या आयो भने हामी तत्काल उपचार गराउनै सक्दैनौ,कहाँ जाने ?कस्लाई भन्ने ? अव घरमै आएर खोप लाईदियपछि राम्रो भयो,पैसा पनि बच्यो,समय पनि बच्यो”
मध्यपहाड क्षेत्र बाख्रापालन व्यवसायको लागि निक्कै उर्वर मानिन्छ । अधिकांस किसानहरुको आपतको निधान भनेकै बाख्रा बेचेर समाधान गर्ने हो । तर बाख्रापालनमा समस्या नभएको भने हैन् । उचित मुल्य,पोषिलो घाँस,भरपर्दो बजार,नश्ल सुधार,खोर व्यवस्थापन र जोखिम बहनको भरपर्दाे व्यवस्था नहुदा किसाहरु व्यवसायिक सक्रिय हुने आँट गर्न नसेको अवस्था बाख्रापालक किसानको छ ।
तरुण संवाददाता । २४ माघ २०८०, बुधबार २२:४५