दैलेख जिल्लामा ९ महिनादेखि ५ बर्ष उमेर समूहका २४ हजार ५सय ८१ जना बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ ।
नेपाल सरकारको राष्ट्रिय अभियान अन्तरगत बाल मृत्यु दर घटाउने उद्देश्यले दादुरा–रुवेला विरुद्धको खोप लगाउने भएको हो ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थिर प्रसाद रेग्मीले “नेपाल सरकारकै राष्ट्रिय अभियाननै भएकाले दादुरा–रुबेला खोप अभियानको तयारी तीव्र पारिएको छ । ” साथै “बाल स्वास्थ्य संवेदनशिलता बड्दै गएकाले सवै पक्षले सहयोग गरिदिनुहुन समेत अनुरोध गर्नुभयो ।”
फागुन १३ गतेदेखि २३ गतेसम्म संचालन हुने छ । अभियानका दौरान दैलेखका ११ पालिकाहरुमा खोेप अभियानलाई सफल पार्नका लागि २५० खोप कर्मी, ९० जना स्वास्थ्य चौकी इन्चार्ज सहित पाँच सय स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।
अभियानभर नारायण नगरपालिकामा २ हजार १०७, दुल्लु नगरपालिकामा ३ हजार ७४४, चामुण्डा बिन्द्रशैनी नगरपालिकामा २ हजार ८२२,आठबिस नगरपालिकामा ३ हजार ३६९,ठाटिकाँध गाउँपालिकामा २ हजार ५१,भैरवी गाउँपालिकामा १ हजार ७३६, महाँबु गाउँपालिकामा १ हजार ७४३, नौमुले गाउँपालिकामा २ हजार १५, भगवतीमाई गाउँपालिकामा १ हजार ८३५,डुङ्गेश्वर गाउँपालिकामा १ हजार २४६,गुराँश गाउँपालिकामा १ हजार ९१३ जना बालबालिकालाई दादुरा–रुबेला बिरुद्धको खोप लगाउने तयारी छ ।
नारायण नगरपालिका तयारी अवस्थामा
यता नारायण नगरपालिकाले भने १३ गते देखि १५ गते सम्म खोप अभियानलाई सञ्चालनको तयारी तिब्र पारको छ । यस अवधीमा नगरपालिका रहेका २ हजार १०७ जना ५ बर्ष मुनिको बालबालिकाहरुलाई खोप लगाउने गरि जनशक्तिलाई तयारी अवस्थामा राखेको छ ।
खोपका लागि सवै वडाका पायक पर्ने २३ वटा स्थानबाट खोप कार्यक्रम संचालन गरिने भएको छ भने जसका लागि ३३ जना जनशक्ति परिचालन गरियको स्वास्थ्य शाखा संयोजक लाल बहादुर खड्काले जानकारी दिनुभयो । खड्काले “खोपलाई ढुक्क संग लगाउन र अभियानलाई सफल बनाउन आग्रह समेत गर्नुभएको छ ।
नेपाल सरकारको उच्च प्राथमिकता रहेको कार्यक्रम हो । नेपालमा खोप कार्यक्रमलाई बि स २०३४ देखि निरन्तरता दिदै आएको छ । ।
तरुण संवाददाता । ११ फाल्गुन २०८०, शुक्रबार २२:४७