गर्भवती,सुत्केरी र दिर्घरोगीलाई नगद ७० लाख राहत

कार्तिक १७ गते मध्यराती जाजारकोट जिल्लाको बारेकोट गाउँपालिका स्थित रामिडाडा केन्द्रबिन्दु पारेर ६.४ म्यग्नेच्यूटको भुकम्प गयो । भूकम्पमा परि जाजरकोट जिल्लाभर १०१ जनाको ज्यान गयो भने भुकम्प पछि मात्र ३६ जनाको अनाहकमा ज्यान गैसकेको छ । हज्जारौ घाईते बने र करौडौको भौतिक संग्रचनामा क्षती भएको छ ।
चिसोयाम झन् बढ्दो छ । हिउदको कठ्याङग्रिदो जाडोमा दिर्घरोगी,सुत्केरी,गर्भवती,महिला र बालबालिकाहरु बढि जोखिममा हुनुहुन्छ । बसेको घर तहसनहस छ,अन्नपात,लत्ता कपडा,रासदका सवै सामाग्रीहरु केहि पुरिय त केहि टुटफुटमा परे । आप्mनै घर खण्डहर र आप्mनै आँगन बिरानो बनाएको छ भुकम्पले । भुकम्पबाट प्रभावित भएका परिवारहरु लालाबाला सहित पालमै बस्न बाध्य सुत्केरी,गर्भवती र दिर्घरोगीहरुका लागि राहत स्वरुप नगद १५ हजार उपलव्ध गराईएको छ । भुकम्पमा परि सर्वश्वनै गुमाएका पिडितहरुका लागि आहातमा राहत महसुस गर्नुभएको छ ।
जाजरकोट जिल्लाको सदरमुकामकै ३ नम्वर वार्डमा पर्ने सियाला गाउँकी गिता सुनार भूकम्प पिडित गर्भवती महिला हुन् । टहराकै बसाईका दौरान आप्mनो दुईबर्षिय छोरा निमुनियबाट ग्रसित भएपछि उपचार गराएर भर्खरै फर्किनु भएको हो । नजिकिदै गरेको पर्व र परदेशबाट फर्किएका श्रीमान संग खुशियाल जिवन बिताउदै आउनुभएकी सुनारको लागि भुकम्प प्रलय जस्तै बन्यो । सुनार परिवार अहिले पालमा कष्टकर समय काट्दै छ । गिता भन्नुहुन्छ “छोरालाई निमुनियाको संक्रमण, रोजगारी गुमेको श्रीमान र दुईजीउ सहित टहराको बसाई काल काट्नु जस्तो छ । ”साथै “ के खाउ ?के लाउ ?कसरी बसौ भन्ने सकस भएको बेला नगद सहयोग पाउदा सामान्य समस्या टर्ने छ ।”
गिताकै जस्तै पिडादायी अनुभव सियाला गाउँकै भविता केसीको पनि छ । “ दश दिनकै सुत्केरी थिए, भुकम्पले उठिबास लागायो ।” सानो अबोध शिसु सहित पालमा बस्नु सानो सकस छैन उहाँलाई । आफुत थिए थिए काखको बाबुलाई समेत चिसोबाट जोगाउनु चुनौतिर्पू छ ।” यस्तो अवस्थामा पाईने राहतले कम्तिमा आफुले चाहेको खान,लाउन पाईने भन्नेमै खुशी भएको बताउनुभयो ।
उता तिन महिनाको सुत्केरी रहेकी सुनितालाई अझै पनि भुकम्प आईरहेछ कि भन्ने भान हुन्छ । “न घर भित्र गएर बस्न सकिन्छ न बाहिर पालमानै धेरै बस्न सकिन्छ ।” जनजनको मनमा भुकम्पले बास गरेको छ । भुकम्पले धर्ती मात्र हैन् जन जनको मनलाई समेत बेस्सरी हल्लाएर राखिदिएको छ । त्यसैमा पनि हरेक दिन पत्रपत्रिकामा,रेडियोमा आउने मृत्युको खवरले डरले भरिएको मन खाली हुन सकेको छैन् ।
बस्दै आएको घरनै उजाड बनेपछि पाल र टहरामा झरेको हरेक भूकम्प पिडितहरुको लागि सानो राहतले पनि साहास थपेको पिडितहरु बताउनुहुन्छ । भूकम्प गएकै पहिलो दिनबाट राहत र उद्धारमा सक्रिया रहेको डिसिय नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र नामक गैर सरकारी सस्थाले उपलव्ध गराएको हो ।
जाजरकोटको भेरी नगरपालिका वार्ड न १,३का गर्भवती ६ महिना सम्मको सुत्केरी र दिर्घरोगी गरि कुल २सय ६० जना र पश्चिम रुकुम जिल्ला आठबिसकोट नगरपालिका १३ र १४ वार्डका २०० जना गरि कुल ४ सय ६० जनालाइ नगद १५ हजारका दरले ७० लाख बराबरको नगद सहयोग प्रदान गरियको छ । प्रतिनिधि सभा सदस्य माननिय सीता कुमारी राना र प्रदेश सभा सदस्य बिजया बुढाको उपस्थितीमा बैंक मार्फत नगद प्रदान गरिएको हो ।
बढ्दो चिसोयामले अधिकाँस गर्भवती,सुत्केरी,दिर्गरोगीहरुलाई पालको बसाई क्षणक्षणको मराई जस्तो छ । त्यसै माथि हरेक दिन जस्तौ आउने भुकम्प पिडिहरुको मृत्यूको खवरहरुले बिच्छिप्त बिडम्वना भुकम्पको कहरबाट बाच्न सफल भएपनि पाल र टहराको बसाई समेत भरपर्दो नहुदा चिसोकै कारण ३६ जना ज्यान गईसकेको छ भने त्यसमा पनि २ जना सुत्केरी महिलाहरुको रहेको छ । नगद हस्तान्तरण पछि सामुहिक तस्विर लिदै ।