उद्यम,कषि पर्यटन र व्यापार संबृद्ध दैलेखको मूल आधार भन्ने मुल नारा सहित संचालन हुन थालेको एतिहासीक तेस्रो प्रादेशिक औधोगिक तथा व्यापार मेला एवं दैलेख महोत्सव २०८० को तयारी पुरा भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराउदै उद्योग वाणिज्य संघ दैलेखका अध्यक्ष एवं महोत्सव संयोजक कुल बहादुर बिकले तयारी पुरा भएको बताउनुभएको हो । तयारीको बारेमा जानकारी दिदै बिकले “महोत्सवमा स्थानिय कला सस्कृतिको प्रवद्र्धन संगै लघु उद्यमीहरुले उत्पादन र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुलाई समेत प्रदर्शनीमा राखिने छ ।” साथै “यो निजि क्षेत्रको मात्रै हैन समग्र जिल्ला बासीको उत्सव भएकाले हातेमालो गरौ अघी बढौँ ।” उहाँले बताउनु भयो ।
“उद्यम व्यवसाय प्रवद्र्धन गर्ने उदेश्य हो, नकी धरासायी बनाउने” महासचिव प्रकास पौडेलले बताउनु भयो । औधोगिक व्यापार मेला भएकाले पनि बालबालिकाहरुका लागि बाल उद्यन संगै ख्यातीप्राप्त स्थानिय र राष्ट्रिय स्तरका कालाकारहरुको समेत प्रस्तुतीकरण रहने जनाईएको छ । महोत्सवमा दैलेका ११ वटै पालिकाका सामाजिक सास्कृतिक र प्राकृतिक पहिचान झल्कने तस्विर सहित कर्णाली प्रदेशका १० वटै जिल्लाका महत्वपूर्ण स्थानहरु तस्विर प्रदर्शनी गरिने समेत तयारी रहेको जनाईएको छ ।
मौलिक कला सस्कृतिहरु झाकी प्रदर्शनी,बिभिन्न सामाजिक संघ सस्थाहरुको स्टल, बैंक तथा बित्तिय सस्थाहरुको स्टल,स्थानिय खानाका परिकार, किसानका कृषि उपज बस्तुहरु,लघु तथा घरेलु उद्योगीले उत्पाद गरेका सामाग्रीहरुले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्रीकक्ष राखिने जनाइएको छ ।
कर्णालीको औधोगिक बिस्तार,पर्यटन प्रवद्र्धन र कला संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ यही फागुन १७ देखि २८ गतेसम्म महोत्सव संचालन हुने छ ।
तरुण संवाददाता । १६ फाल्गुन २०८०, बुधबार २२:५३