कल्पतमा पहिरोको कहरले स्थानियलाई त्रसित बनाएको छ । गाउँ मथिको पहराको धाँझा फाटेपछि स्थानियलाई भूकम्पको पिडामाथी पहिरोको डरले सताउन थालेको छ । न टेक्ने ठाउँ न समात्ने हाङोको अवस्था आएको भन्दै बस्तीनै अन्तै लैजान सरकार संग गुहार मागिरहेको छन् ।
गत कार्तिक १७ गते मध्यराती जाजरकोटको बारेकोट स्थित रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्नेच्युटको भूकम्प गयो । जाजरकोट मात्र हैन, रुकुम पश्चिमका गाउँहरुमा समेत सुक्खा खाले सानाठुला पहिरो देखिन थालेको छ । अधिकाँस स्थानमा गाउँहरु भासिने जोखिम बढेपछि स्थानियहरुले बस्ती स्थान्तरणको माग गर्नुभएको छ ।
आप्mनो सात जनाको परिवार सहित टहरामा कस्टकर जीवन यापन गर्दै आउनुभएकि पवित्रा कुमारी परियार भन्नुहुन्छ “माथि पहाड फुटेको छ, तल आँगन धसिएको छ, घर भत्कि सक्यो , अव हामीलाई यहाँ बस्नु छैन् व्यवस्था मिलाईयोस ।” आप्mनो तहसनहस भएको घर हेरेर बिरक्त मान्नुको बिकल्प छैन् भूकम्प पिडितहरुलाई ।
कल्पतमा आधिकाँस जनजाती र दलित समुदायको बाहुल्य बसोबास छ । चारैतिर भिरालो ठाँउको बिचमा कल्पत गाउँ थपक्क बसेको छ । तर भूकम्प पछि खण्डहर बनेको कल्पत अव पहिल्यकै अवस्थामा रमाईलो गाउँ रहने अवस्थामा नभएको स्थानियको भनाई छ । घर भूर्णरुपमै भत्किएपछि भएको टहराको बसाई पनि धेरै बस्न नसकिने नमिठो अनुभव छ पिडितको । स्थानिय कृष्ण बहादुर पुनले टहराको बसाईबाट भएको समस्यालाई लिएर वार्ड कार्यालयमा निवेदन् दिनुभएको छ ।
भूकम्पमा अधिक जनधनको क्षती नलगाड नगरपालिकाले भोग्यो । भूकम्पमा परि नलगाड नगरपालिदका उपप्रमुख सहित ५४ जनाको ज्यान गयो । नलगाड वडा नं. १ स्थित पालि गाउँमा ८ जना,कल्पत गाउँमा ६ र चिउरी गाउँमा १३ जना गरि २७ जनाको ज्यान गयो ।
साविकको डाडाँगाउका पाली,चिउरी र कल्पत गाउँमा मात्र २४० घरधुरी अति जोखिमा परेको छन् भने कुल वार्डमा रहेका एक हजार २५० घरमा मानिस बस्न नमिल्ने भनी रातोधर्सा लगाईएको वडा नं १ का वडाध्यक्ष धन बहादुर महरले बताउनु भयो । यस अघि २०६९ सालमा आएको खहरे बाढि र पहिरोले पुराएको असरलाई थप बढाएर भूकम्पले गाउँनै बस्न नमिल्ने बनाएको महरले बताउनु भयो ।
भूकम्प गएको तिन महिना बितिसकेको छ । बर्षायाम नजिकिदै गएको सन्दर्भमा बेलाबखतमा आउने पराकम्पनकै कारण सम्भावित जोखिम बढ्दै गएको छ । पहिरो गएको क्षेत्रहरुमा भौगर्भिक अध्ययन् टोली बस्तीमा पुगेको बताएको छ । “बस्ती स्थान्तरणको आवश्यक हो या हैन् अध्ययन् हुदैछ ” नगरप्रमुख डम्वर बहादुर रावतले बताउनु भयो । “भूगर्भको आवस्था कस्तो छ ? सतही समस्या हो की भौगर्मिक अवस्थानै नाजुक हो भन्ने अध्यय्न पछि निस्कर्ष निकाल्छौ ।” “प्रतिवेदनको आधारमा कसरी अगाडि बड्ने निधो गर्ने र्छौ” रावतले जिकिर गर्नुभयो
तरुण संवाददाता । १० फाल्गुन २०८०, बिहीबार १५:४१