कोहलपुरमा विद्युतीय रकम भुक्तानी सुरु

३१ जेष्ठ,कोहलपुर/ कोहलपुर नगरपालिकामा आज देखि विद्युतीय रकम भुक्तानी कार्य सुरु भएको छ । भुत्तानी प्रक्रियालाई सहज र सरल बनाउन कोहलपुर नगरपालीकाले विद्युतीय रकम भुक्तानी सुरु गरेको हो ।

कोहलपुर नगरपालीकामा भुक्तानी लिनुपर्ने ब्यक्ति, सँस्था, फर्म वा निकायले आफ्नो खाता नम्बर र नाम खुलेको चेकबुकको फोटोकपी भुक्तानी निवेदनसाथ पेश गरेपछि भौचर स्वीकृत हुनासाथ चेक नकाटिई रकम सिधै सम्बन्धितको खातामा स्थानान्तरण हुने कोहलपुर नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढलालले बताए ।


पुरानो भुत्तानी प्रक्रिया झन्जटिलो भएकोले विद्युतीय रकम भुक्तानी गर्दा सबैलाई छिटो छरीतो र सहज हुने उनले बताए । साथै अबदेखि चेकमा हस्ताक्ष्र गर्न प्रमुख प्रशासकिय अधिकृतलाई कुरीरहनु नपर्ने पनि उनले बताए ।